करिब २३ लाख लागतमा सेन्ट्रल क्याफे सञ्चालन
धनगढी, १८ कार्तिक । धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित नेपाल राष्ट्र बैंकको पछाडी सेन्ट्रल क्याफे सञ्चालनमा आएको छ ।
क्याफे सञ्चालन गर्दा करिब २३ लाख बाराबरको लागत लागेको सञ्चालक गोकर्ण चौधरीले जानकारी दिए । क्याफेको उद्घाटन प्रदेश सांसद डिल्लीराज पन्तले गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको प्रदेश कमिटि अध्यक्ष अर्जुन शाह, पूर्व केन्द्रीय सदस्य प्रकाशविक्रम शाह, कैलाली पूर्वअध्यक्ष भरत शाह, आदीबासी जनजाती पत्रकार महासंघका अध्यक्ष रमलखन चौधरी, थारु पत्रकार संधका जिल्ला अध्यक्ष प्रेम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

क्याफेको म्यानेजर सुरज चौधरी क्याफेमा विभिन्न परिकारसहित मिटिङ हलको व्यवस्था रहेको जानकारी दिए । साथै निकट भाविष्यमा लजको पनि व्यवस्था हुने बताए ।
क्याफेको दीर्घकालिन योजना आफ्नै माछा पोखरी, अर्गनिक तरकारी बारी सञ्चालन गरि ग्राहकहरुलाई ताजा र हरियो खाना खुवाउने लक्ष्ये रहेको बताए । क्याफेमा पत्रकार भिम चौधरीको पूर्ण सहयोग रहेको सञ्चालक चौरीले जानकारी दिए ।













