बट्कुही वाचन बन्जरिया साहित्यिक कार्यक्रम सम्पन्न
कञ्चनपुर, १८ कात्तिक । बट्कुही वाचन बिशेष बन्जरिया साहित्यिक कार्यक्रम २०७५ सम्पन्न भएको छ । कृष्णपुर न.पा. ६, बन्जरिया, कञ्चनपुर बन्जरिया कृषक बचत संस्थाको भवनमा कार्यक्रम सम्पन्न भएको हो ।
हरचाली त्रैमासिक तथा सुमिरन पत्रिकाको र बन्जरिया गाउँ समाजको संयुक्त आयोजना कार्यक्रम गरिएको बन्जरिया गाउँ समाजको अगुवा सन्तराम थारुले बताए ।

बन्जरिया साहित्यिक कार्यक्रमका प्रमुख अतिथि थारु लेखक संघका केन्द्रीय सदस्य सुशील थारु रहेका थिए । उनले थारु कला, संस्कृति र साहित्यलाई संरक्षण तथा सम्बर्द्धन गर्न यूवा पुस्ताको महत्वपूर्ण भूमिका रहेको बताए ।
साहित्य समाजको ऐना रहेको बताउदै शहरमा मात्रै नभएर गाउँ घरमा पनि साहित्यिक कार्यक्रम गरेर नव आग्नतुक एवम् सिकारु सर्जकहरूलाई नयाँ बाटोको गोरेटोमा समाजलाई डोर्याउन आवश्यक रहेको बताए ।
यसैबीच वरिष्ठ साहित्यकार छविलाल कोपिलाले कार्यक्रममा बोल्दै देशैभरबाट उपस्थिति जनाएका साहित्यकारहरूको रचना वाचनको समिक्षा गरे ।













