विषयगत समितिलाई नीति तथा कानूनबारे जानकारी
धनगढी, १६ कात्तिक । दलित महिला अधिकार मञ्च नेपालले स्थानीय तहका विषयगत समितिलाई नीति तथा कानूनबारे जानकारी गराएको छ ।
मञ्चले स्थानीय तहका विषयगत समितिका लागि नीति तथा कानून सम्बन्धी गोष्ठमा सो कुरा जानकारी गराए ।
शुक्रबारदेखि शुरु भएको गोष्ठी आइतबार सम्म चल्ने मञ्चका कार्यकारी निर्देशक सावित्रा घिमिरेले जानकारी दिए ।
उनले जनप्रतिनिधिहरुलाई विषयगतरुपले पोख्त बनाएर समुदायमा काम गर्ने सजिलो होस् भन्ने उदेश्यका साथ गोष्ठी सञ्चालन गरेको बताईन् ।

गोष्ठीको पहिलो दिन स्थानीय सरकारको भूमिका, स्थानीय तहमा विषयगत समितिको भूमिका र दायित्व, लैगिकताका प्रमुख सवालहरु र स्थानीय तहमा सुशासन सामाजिक समाबेशीकरण विषयमा जानकारी दिने प्रशिक्षक पुष्प विक्रम शाहीले बताए ।
त्यसै गरि दोस्रो दिन दलित महिला अधिकारका लागि पैरबी तथा जन वकालत, स्थानीय तह संवैधानिक व्यवस्था बमोजिम राज्यले प्रदान गरेको सिद्धान्त, नीति तथा दायित्व बारे जानकारी गराउने मञ्चले जनाएको छ ।
त्यसै गरि स्थानीय तहमा दलित महिला अल्पसंख्याकहरुका लागि बनेका नीति निर्देशिका तथा हाल बनेका कानून बारेपनि जानकारी गराइने छ । गोष्ठीमा कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।














