किसानद्वारा कृषि सामग्री कम्पनीमा तालाबन्दी

धनगढी, १६ कात्तिक । किसानहरुले मलको बिक्रि वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीमा तालाबन्दी गरेका छन् ।

रासायनिक मलको चरम अभाव सिर्जना भएपछि आक्रोशित किसानहरु आज (शुक्रबार) सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडी नाराबाजी गरे ।

रासायनिक मलको चरम अभाव सिर्जना भएपछि आक्रोशित किसानहरु सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडी आज (शुक्रवार) नाराबाजी गरेका छन् ।

प्रदेशस्थित विभिन्न जिल्लाबाट आएका किसान तथा कृषक सहकारीका प्रतिनिधिहरुले मलको सहज आपूर्ति गर्नु पर्ने, धानको खरिद गर्नुपर्ने लगायत माग राख्दै नाराबाजी गरेका हुन् । यसैबीच किसानहरुले मन्त्रालयका उपसचिव यज्ञप्रसाद जोशीमार्फत भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै उपसचिव जोशीले आफुहरु किसानको समस्याप्रति गम्भिर रहेको दाबी गरे । तर, संघीय सरकार मातहत रहेका कृषि सामग्री कम्पनीले मल ढुवानीमा र खाद्य संस्थानले धान खरिदमा गरेको ढिलाइले किसानलाई सास्ती भएको बताउँदै उनले आफूहरुको भूमिका समन्वयकारी मात्रै रहेको पनि जिकिर गरे ।

दिगो सामुदायिक तथा वातावरण संक्षण सहकारी संस्था पहलमानपुर कैलालीका सचिव इन्द्रलाल भण्डारीले आफूहरु १५ दिनदेखि मल खरिदको लागि कृषि सामग्रीलाई रकम भुक्तानी गरे पनि मल नपाएको बताए । दैनिक सयौं किसानहरु सहकारी धाइरहेको बताउँदै उनले मल नपाउँदा किसानहरुलाई रित्तै हात घर फर्काउनुपर्ने बाध्यता रहेको सुनाए ।