यामाहा मिनि मेलामा अन्जु कुश्मीको प्रस्तुति
धनगढी, १६ कात्तिक । श्वेता ट्रेडिङ कन्सर्नले बिहीबार देखि आयोजना गरेको यामाहा मिनि मेलामा थारु कलाकार अन्जु कुश्मीको प्रस्तुति रहेको छ ।
कार्तिक १५ गते देखि १८ गतेसम्म चल्ने मेलाको दोस्रो दिन (आज) दिउसो ३ बजे कुश्मीको प्रस्तुति रहेको आयोजकले बताएको छ ।
मेलाको उद्घाटनको दिन २५ वटा बाइक एक्सचेन्ज सहित विक्री भएको थियो । उदघाटनकै दिन प्रदेश सांसद नेपालु चौधरी नयाँ बाइक किनेका थिए । सोही दिन कैलारीका रोहित चौधरी बाइक खरिदमा कुपन स्क्र्याच गरी नगद ५० हजार हात पारेका थिए ।
धनगढी उत्तरबेहडी कैलाली मोडल स्कुल नजिक मिनि मेलामा हरेक यामाहा बाइक खरिदमा स्क्र्याच गरि रु सात हजार देखि एकलाखसम्म नगद छुटको व्यवस्था र हरेक हप्ता हुने लक्की ड्र मार्फत यामाहा आरथ्री ड्रिम बाइक जित्न सकिने यामाहाका एरिया सेल्स म्यानेजर भानुभक्त चौधरी बताए ।
त्यसैगरि मेला अवधिभर जुनसुकै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरको न्यूनतम ३० हजार भन्दा बढीको मुल्यांकन तथा नयाँ बाइक खरिदमा फ्रि हेलमेट, लेगगार्ड, फुटमेट, ब्याग, बाइक कभर र पञ्जा उपलब्ध गर्ने म्यानेजर चौधरी जानकारी दिए ।














