हत्यारा सार्वजनिक गर्न दबाब दिदै परिवारले बुझाए ज्ञापन पत्र
धनगढी, १४ कार्तिक । बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले चाँडो हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
निर्मलाको हत्या भएको तीन महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै परिवारले आज दबाब स्वरुप ज्ञापन पत्र बुझाएका हुन् ।
नागरिक संघर्ष समिति संयोजक मिना भण्डारीका अनुसार चाँडो भन्दा चाँडो हत्यारा सार्वजनिक गर्न माग गर्दै आज महेन्द्रनगर बजारमा ¥याली पनि प्रदर्शन गरिएको छ ।
भण्डारीले घटनाको तीन महिना बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि प्रहरी प्रशासनप्रति जनविश्वास गुम्दै गएको भन्दै नागरिक आक्रोश बढ्दै गएको बताइन् ।
निर्मलाका हत्यारा पत्ता नलागेसम्म दबाबमूलक जुलुश, प्रदर्शन र ज्ञापन पत्र बुझाउने लगायतका कार्यक्रम जारी रहने उनले जानकारी दिइन् ।














