यामाहा मिनि मेलामा पुरानो बाइकको मूल्यांक न्यूनतम ३० हजार हुने
धनगढी, १३ कार्तिक । शुभ दिपावलीको अवसरमा धनगढीमा यामाहा मिनि मेला सञ्चालन हुने भएको छ । मेलामा जुन सुकै पुरानो बाइकको मूल्यांकन न्यनतम ३० हजार हुने आधिकारिक विक्रेता श्वेता टे«डिङ्ग कन्सर्नले जनाएको छ ।
श्वेता टे«डिङ्ग कन्सर्न धनगढीको आयोजनामा यहि कार्तिक १५ गते देखि १८ गतेसम्म यामाहा मिनि मेला हुने भएको हो । धनगढी उत्तरबेहडी कैलालीमोडल स्कुल नजिक आयोजना हुने मेलामा हरेक यामाहा बाइक खरिदमा स्क्र्याच गरी रु सात हजार देखि एकलाखसम्म नगद छुटको व्यवस्था र हरेक हप्तामा हुने लक्की ड्र मार्फत यामाहा आरथ्री ड्रिम बाइक जित्न सकिने एमएडब्ल्यू इन्टरप्राइजेज काठमाण्डौंका सिनियर म्यानेजर शंकर श्रेष्ठले बताए ।
त्यसैगरी मेला अवधिभर जुनसुकै ब्राण्डको जस्तोसुकै अवस्थाको पुरानो मोटरसाइकल तथा स्कुटरको न्यूनतम ३० हजारभन्दा बढी मुल्यांकन तथा नयाँ बाइक खरिदमा फ्रि हेलमेट, लेगगार्ड, फुटमेट, ब्याग, बाइक कभर र पञ्जा उपलब्ध गराउने सिनियर म्यानेजर श्रेष्ठ जानकारी दिए ।
मेलामै विभिन्न किसिमका प्रतियोगिता तथा सांस्कृति कार्यक्रम समेत हुने जनाएको छ । मेलामा क्वीज प्रतियोगिता, स्लो बाइक राइडिङ्ग, डान्सिङ्ग प्रोग्राम, फ्रि फेस पेन्टिङ्ग, जुनसुकै बाइकको फ्रि चेकअप हुने जनाइएको छ ।
एमएडब्ल्यू इन्टरप्राइजेज काठमाण्डौंका एरिया सेल्स म्यानेजर भानु चौधरीले ग्राहकहरुलाई यामाहा कम्पनीका बाइकबारे जानकारी गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताए । त्यसैगरि म्यानेजर चौधरीले मेलामा ग्राहकहरुका लागि दशै, दिपावली तथा छठको अवसरपारी यामाहा कम्पनीले ल्याएको विभिन्न स्कीम बारे समेत जानकारी गराउने बताए । यसका साथै म्यानेजर चौधरीले मेलामा यामाहा कम्पनीको विभिन्न मोडलका गाडी शो समेत गर्ने जनाए ।
यामाहाले १२५ सीसी देखि ३२१ सीसी सम्म र न्यूननम एक लाख ८४ हजार देखि नौ लाखसम्म मुल्य पर्ने मोटरसाइकल बजारमा ल्याएको छ । यामाहाको अहिले बजारमा आएको नयाँ मोडल सोलुटो डिस्क, सोलुटो ड्रम, एसजेड आरआर, एफजेड सिक्सटीन, एफजेड एटफाइ, एफजेड डबल डिस्क, एफजेड ट्वान्टी फाइब, फेजर ट्वान्टी फाइब, आरफिफ्टीन यूथ्री रहेका छन् । भने स्कुटरमा रे जेड, रे जेड आर, रे जेड आर स्ट्रीट, फ्यासिनो रहेका छन्् ।













