डोरीमा बाँधियो रामगोपालको जीवन
हसुलिया, १३ कार्तिक । २७ बर्षिय रामगोपाल कठरियाको जीवन डोरीमै बाँधिन बाध्य छ । कैलारी गाउँपालिका–५ पवेराका गोपाल मानसिक सन्तुलन गुमेका कारण दुई वर्ष यता पशुसरह जीवन जिउन व्यतित् छन् ।
गोपाललाई घरबाट भाग्ने डरले उनका आफन्त दिनभरी डोरीले बाँधेर राखेका हुन्छ । गोपालको भाउजु नैना कठरिया घरबाट टाढा जान डरले दिनभरि डोरीमा बाँध्ने गरेकी बताइन् ।
‘दिनभरि काम गर्न हामी बाहिर जानु पर्ने हुन्छ, नैना भनिन् ।’ ‘गोपाललाई त्यत्तिकै छोरिदा घरबाट भाग्ने गर्छन् । साँझ भएमा घर आउनै सक्तैनन् ।’ गोपाललाई रेखदेख गर्ने घरमा कोइ नभएर बाँधेर राख्नु परेको बाध्यता सुनाइन् ।

बुवा सहोदा कठरिया र आमा देशिया कठरियाको कोखबाट हष्ट पुष्ट एक स्वस्थ्य बच्चाको रुपमा जन्मिएका गोपाल दुई तीन बर्षको हुँदा रोगले ग्रसित भई बोल्न नसक्ने र सुस्तमनस्थिका हुन पुगेका थिए ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण राम्रो अस्पताल देखाउन सकिन गोपालका दाजु प्रमन कठरियाले भने । अपाङ्गता निलो कार्ड पाएका गोपाल मासिक छ सय मात्र सामाजिक सुरक्षा भत्ता पाउने गरेको प्रमनको भनाई छ ।













