नगरपालिकाद्धारा बायो ग्याँस निर्माणको सम्झौता
धनगढी, १२ कात्तिक । धनगढी उपमहानगरपालीकाले बायो ग्याँस प्लान्ट निर्माणमा लागि देव ट्रेनिंग एण्ड मेनेजमेन्ट सर्भिस सेन्टरसंग सम्झौता गरेको छ । सम्झौतामा धनगढी उपमहानगरपालीका प्रमुख नृपबहादुर वड, बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रका प्रतिनिधी दिपक पौडेल र देव ट्रेनिंग एण्ड मेनेजमेन्ट सर्भिस सेन्टरका प्रतिनिधी रविनकान्त पन्तले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि प्रतिकृया दिदै देव ट्रेनिंग एण्ड मेनेजमेन्ट सर्भिस सेन्टरका प्रोप्राईटर रबिनकान्त पन्तले यो आयोजना नगरबाट निस्केको सडेर जाने फोहरबाट ग्याँस र मल उत्पादन गर्ने बताए ।
त्यसैगरी धनगढी उपमहानगरपालीकामा निर्माण हुने एकिकृत फोहरमैला ब्यबस्थापन केन्द्र निर्माणका लागि छलफल थालिएको छ ।
उपमहानगरपालीकाले देशकै ठूलो र ब्यबस्थीत एकिकृत फोहरमैला ब्यबस्थापन केन्द्र वडा नं २ स्थीत मोहना नदीसंगै जोडिएको जग्गामा निर्माण गर्ने तयारी थालेको छ ।
एसियाली विकास बैंकको अनुदान सहित ६५ करोड ऋण सहयोगमा एकिकृत फोहर मैला ब्यबस्थापन केन्द्र निर्माण हुन थालेको धनगढी उपमहानगरपालीका बतावरण अधिकृत अशोक अवस्थीले बताए ।
त्यसै गरी सोही आयोजना अन्तरगत २० करोडको लगानीमा वायो ग्याँस प्लान्ट निर्माण गरिने भएको छ । आयोजनाले २९ हेक्टर क्षेत्रफलओगट्ने भएको छ भने २२ हेक्टरमा संरचनाहरु निर्माण हुने छन् ।
आयोजना निर्माण भएपछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २ सय जनाले रोजगारी पाउने पनिवातावरण अधिकृत अवस्थीले बताए ।













