ओरेक नेपालको कार्यकारी सदस्यमा बसन्ती चौधरी

धनगढी, १२ कार्तिक । महिला पुनस्र्थापना केन्द्र (ओरेक)को अध्यक्षमा ज्योत्सना मास्के चयन भएकी छन् ।

संस्थाको २८ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनले मास्केको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा रामवती चौधरी थारु, सचिवमा चाँदनी राना, कोषाध्यक्षमा उर्मिला श्रेष्ठ र सदस्यहरुमा टिकादेवी दाहाल, दुर्गा कार्की, श्याम कुमारी शाह, गोमावती पुन ९सृजना० र बसन्ती चौधरी चयन भएका छन् ।

बसन्ती चौधरी कमैया प्रथा उन्मूलन समाज कैलालीकी अध्यक्ष हुन् । नयाँ कार्य समितिको पदावधि दुई वर्ष रहने ओरेकले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष मास्केले संस्थाको परिलक्ष्य तथा लक्ष्य प्राप्तिका लागि संस्थाका हरेक क्रियाकलापहरुलाई अभियानमुखि ढंगबाट सञ्चालन गर्ने, संस्थाभित्र रहेको स्रोत तथा ज्ञानलाई अधिकतम रुपमा प्रयोग गर्ने र संस्थासँग आबद्ध सम्पुर्ण सहयोगीहरुसँग हातेमालो गरेर कार्य गर्ने आफ्नो कार्यकालको लक्ष्य रहेको बताइन् ।