निर्मला हत्या प्रकरणः परिवार सहित प्रदर्शनमा उत्रिए महिला

महेन्द्रनगर, १२ कात्तिक । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिकको माग गर्दै परिवार सहित प्रदर्शन उत्रिएका छन् ।

अधिकारकर्मीहरुले आज महेन्द्रनगरमा निर्मला परिवार सहित सडकमा उत्रिएका हुन् । बलात्कारपछि हत्या भएको तीन महिना पुगिसक्दा पनि अझै अपराधी सार्वजनिक नगरिएको भन्दै परिवार र धिकारकर्मीहरुले नाराबाजी सहित प्रदर्शन गरेका हुन्।

महेन्द्रनगरको मदन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन पुगेर समापन भएको थियो । प्रमुख जिल्ला अधिकारी मार्फत अल्टिमेटम सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको नागरिक संघर्ष समितिका संयोजक मीना भन्डारीले जानकारी दिईन्।

प्रदर्शनमा निर्मला पन्तका गाउँका महिलाहरुको पनि सहभागीता रहेको थियो । गत साउन १० गते १३ वर्षीय किशोरी पन्तको बलात्कारपपछि हत्या गरिएकोमा तीन महिनासम्म पनि हत्यारा पक्राउ परेका छैनन्। दसैँको समयमा आन्दोलन स्थगित गरेका महिला अधिकारकर्मीले पुनः आन्दोलन सुरु गरेका हुन् ।