झुण्डिएको अवस्थामा शव फेला

दार्चुल १२ कात्तिक । दार्चुलाको धौलाकोट स्थित व्याँस गाउँपालिका २५ वर्षिय यूवती रुखमा झुण्डिएर मृत्यू भएको अवस्थामा शब फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पुना धामी घरमा बोलाउने नाम (पुनी) झुण्डिएको अवस्थामा मृत भेटिएको बताए ।

उक्त घटनाबारे प्रहरीलाई जानकारी गराएपछि धौलाकोटबाट प्रहरी सहायक निरीक्षक (असइ) अमिर रावलको प्रहरी टोली खटिएको छ ।

थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक हिक्मतबहादुर बोहराको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको बताइएको छ । हत्या, बलात्कार लगायत समाजमा असुरक्षा बढ्दै गएपछि नेपाल प्रहरीले सुरक्षा अभिबृद्धिको लागि विशेष कार्यक्रम थालेको छ ।