पिपिएल : धनगढी ब्लुज १७ रनले पराजित

धनगढी, १० कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)अन्र्तगत आज भएको खेलमा धनगढी ब्लुज १७ रनले पराजित भएको छ। काठमाडौ रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको हो।

एक सय ८१ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङमा उत्रिएको घनगढीले निर्धारीत २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउ सक्यो। सुदूरपश्चिमका खेलाडीको वर्चश्व रहेको धनगढी ब्लुजले खेलमा राम्रो प्रर्दशन गरेपनि जित दर्ता गर्न असफल हुन पुगेको हो।

धनगढीका लागि कप्तान दीपेन्द्र सिँह ऐरीले ५४ रनको पारी खेले। ओपनर सन्दिप सुनार र लायारेन्सले २१ रनको मात्रै जोड्न सके। जसमा सन्दिपले ११ र लयारेन्सले ८ रनको पारी खेलेका हुन्। यस्तै धनगढीका लागि पिटर थियागो र दीलिप नाथले १०÷१० रन जोडे। पाचौ विकेटका लागि दीपेन्द्र र सन्दिप जोराले ३७ रनको साझेदारी गरेपनि त्यो जीतका लागि पर्याप्त हुन सकेन।

सन्दिप आउट भएपछि दिपेन्द्रलाई सौरभ खनालले केही समय साथ दिएका थिए। १८ औ ओभरमा गौरव तोमरले उत्कृष्ट बलिङ गर्दै २ रन खर्चिएर सौरभ खनाललाई आउट गरेपछि खेल काठमाडौँको पक्षमा गएको थियो।

यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओवर पुरै खेल्दै ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। गौरब तोमरले ९५ रनको उत्कृष्ट पारी खेलेपछी काठमाडौले विशाल लग्य प्रस्तु गरेको हो।

धनगढीका दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र पिटर डेबिड ट्रिगोले समान १–१ विकेट लिएका गिए। प्रतियोगिता अन्तर्गत आईतवार बिराटनगर टाईटान्स र धनगढि ब्लुज बिच बिहान ९ बजे खेल हुने छ।