गायक खेम चौधरी र सिर्जना चौधरीको नयाँ थारू गीत सार्वजनिक

धनगढी, १० कार्तिक । गायक खेम चौधरी र नव गायिका सिर्जना चौधरीको नयाँ गीत ‘जादु करल ऐसिन तोहार ई नजर’ बोलको गित बिन्दास मिडिया यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको छ ।

सुमधुर स्वरका धनी गायक चौधरी नव गायिका सिर्जना चौधरीको गीत सार्वजनिक भएसंगै स्राताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

काठमाडौं स्थित संगम डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक राम कुमार कठरियाको शब्द संगीत रहेको छ भने कुमार थापाले एरेन्ज गरेका छन् ।

‘लभ होगइल’ भन्ने बोलको गीत बाट गीत संगीत क्षेत्रमा डेब्यु गरेका गायक खेमको थुप्रै चर्चित थारू, नेपाली, हिन्दी र भोजपुरी भाषाका गितहरू बजारमा आइसकेका छन् ।

यता नव गायिका सिर्जना चौधरीले ‘कैलाली बौनियामे उ तोहार घर बा’ बोलको गीतबाट संगीत क्षेत्रमा डेब्यु गरेकी हुन् । भर्खरै सार्वजनिक भएको गीतको डिजिटल मार्केर्टिङ्ग बिन्दास मिडियाले गरिरहेको छ ।