सरकारका गतीविधी पारदर्शी हुनुपर्छ : नगरप्रमुख वड
धनगढी, ९ कात्तिक । धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले स्थानीय सरकारका काम कार्वाहीहरु खुला र पारदर्शी हुनुपर्ने बताएका छन् ।
ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढीले आयोजनाको समाजिक परिक्षण तथा १० औं साधारणसभा कार्यक्रममा बोल्दै नगरप्रमुख वडले धनगढी उप महानगरपालीकाले सोही अनुसार आफ्ना सबै काम कार्वाही र निर्णयहरुलाई खुला बनाउदै लगेको नगरप्रमुख वडले बताए ।
धनगढी उप महानगरपालीकाबाट गरिने हरेक निर्णय जनताले २४ घण्टा भित्रै हेर्न सक्ने ब्यबस्था मिलाईएको छ नगरप्रमुख वडले भने,त्यसका लागि कार्यालय र समुदायलाई जोड्न सूचना केन्द्रहरु संचालनमा ल्याईएका छन् । सूचना प्रविधीमा जनताको पहुँच विकास गर्नमा ग्राम विकास तथा अनुसन्धान केन्द्रले सहयोग पुर्याएको पनि नगरप्रमुख वडले बताए ।
कैलालीको कैलारी गाउँपालीकाका अध्यक्ष लाजुराम चौधरीले शुशासन अभिवृद्धी बिना लोकतन्त्र बलियो नहुने बताए । उनले भने, स्थानीय सरकार खुला बन्दै जाँदा भष्टाचार समेत न्यूनिकरण हुन्छ । शुशासनका सबै विधीहरुलाई आफ्नो गाउँपालीकाले अवलम्वन गरेको चौधरीले बताए । कार्यक्रम ग्राम विकास तथा अनुसन्धान केन्द्रले बिगत एक बर्ष देखि सुशासन परियोजना संचालन गर्दै आएको छ ।
स्थानीय सरकारका सबै काम कार्वाहीलाई खुला र पारदर्शि बनाउदै जनताको पहुँच अभिबृद्धी गर्ने उदेश्यले यो कार्यक्रम सुरु गरिएको संस्थाका अध्यक्ष दिर्घराज उपाध्यायले बताए । फोटो क्याप्सन ः ग्राम विकास तथा अनुसन्धान केन्द्रको कार्यक्रममा नगरप्रमुख वड ।













