यूएनको ७३औं स्थापना दिवस, आइ एल ओ १६९ कार्यन्वयन गर्न आग्रह

धनगढी, ९ कात्तिक । संयूक्त राष्ट्रसंघ (यूएन) को ७३औं स्थापना दिवस शुक्रबार धनगढीमा भव्यताका साथ मनाईयो ।

यूएन डेको अवसरमा संयूक्त राष्ट्रसंघिय आदिवासी सवालका लागि स्थायी मञ्चका एसिया प्रतिनिधि फूलमान चौधरी आइ एल ओ १६९ र संयुक्त राष्ट्र संघ आदिबासी मानब अधिकार घोषणा पत्रमा नेपालले हस्ताक्षर गरेको १० वर्ष पुरा भएको बताए ।

घोषणा पत्रमा हस्ताक्षर गरेका लामो समय भईसक्दा समेत कार्यन्वयन नभएकोले स्थायी मञ्चको गम्भिर ध्यानकर्षण रहेको चौधरीले बताए ।
उनले गत अप्रिल महिनामा संयूक्त राष्ट्र संघको मूख्यालय न्यूर्योकमा सम्पन्न सम्मेलनले पनि नेपाल सरकारलाई ध्यानकार्षणसंगै वार्षिक प्रतिबेदनमा उक्त कन्भेन्सन कार्यन्वयन गराउन सर्कुलेट गरेको बताए ।

चौधरीले आदिबासीका लागि नेपाल सरकारले संयूक्त राष्ट्रसंघसंग गरेको सम्झौता, महासंधि, घोषणापत्रलाई इमान्दारितापूर्वक पालना गर्नुका साथै कार्यन्वयन गर्न धनगढी उप–महानगर पालिकाका उपप्रमुख सुशिला मिश्र भटटसंग अनुरोध गरे ।

साथै स्थानीय तहले समेत दिगो विकास २०३० लगायत अन्तराष्ट्रिय घोषणा पत्रलाई कार्यन्वयन गर्नुपर्ने बताए ।

त्यसै गरि धनगढी उप–महानगर पालिकाका उपप्रमुख सुशिला मिश्र भटटले दिगो विकासका १७ वटा लक्ष्यकालाई धनगढी नगरपालिकाले सहकार्य र समन्यन गर्ने बताए । उनले उक्ता लक्ष्यलाई स्थानीय स्तर सम्म कार्यन्वयन गर्न नेपाल सरकार प्रदेश स्तरीयरुपले कार्यन्वय गर्ने बताए ।

यूएन डिपीका धनगढी प्रमुख बैजन्ती गिरी सिंहले संस्थाले प्रदेश स्तरमा गर्दै आएको यूएनका क्रियाकलापबारे प्रष्टयाइन् । साथै दिगो विकास लक्ष्य २०३० को १७ वटा लक्ष्यकोबारेमा जानकारी दिइन् ।

यूएनएफपिएका धनगढी इन्र्चाज निलकण्ठ गौतमले यूएनको स्थापनाको ईतिहासको औचित्यबारे प्रकास पारेका थिए । साथै प्रदेश नं. ७ मा प्रजन्न स्वास्थ्यबारे गर्दै आएको उपलब्धीको बारेमा जानकारी गराउदै यूएनको सबै एजेन्सीहरुले नेपालका सरकारको कामकर्बाहीलाई सहज बनाउलाई यूएनको भूमिका प्रष्टयाए । कार्यक्रममा पत्रकार, मानब अधिकारकर्मी, गैरसरकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।