सफलताको गाँठ लिएर धनगढी छोड्दैछु : एसपी घिमिरे

धनगढी, ८ कात्तिक । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेले धनगढी बसाईलाई सम्झदै आफूले पाएको जिम्मेवारीमा सफल भएर धनगढीबाट विदाई लिएको बताएका छन् ।

विदाईको अवसरमा कैलालीका पत्रकारहरुसंग भेटघाट गर्दै उनले भने आफू कैलाली आएदेखि सबै घटनामा सफल भएको बताउदै अपराधिक घटनामा संलग्न सबै अभियूक्तहरुलाई प्रक्राउ गर्न सफल भएको बताए ।

उनले एक वर्षको धनगढी बसाई अविस्मरणिय रहेको बताउदै आफूलाई सफल बनाएका घटनालाई रिमाइन्ड गरे । उनी कैलाली आउदा स्थानीय तहको निर्बाचनको चहलपहल बढेको थियो । चुनाब पनि ६० प्रतिशत मत खसेर शान्तिपूर्व सम्पन्न हुँदा पहिलो खुट्किलोमै सफलता हात पारेको घिमिरेले बताए ।

त्यसैगरि फागुन १७ गते राती सामान्य विवाद हुँदा टीकापुरका सन्दीप रावल र सागर पाण्डेयले धारिलो हतियार प्रहार गरी कर्ण थापाको हत्या भएको घटनामा फरार भएकाहरुको खोजीकार्यसंगै घटनास्थलमा समेत आफै खटिएर बताए । उक्त घटनामा संलग्नलाई फोन ट्रयापिंगको आधारमा फागुन २३ गते काठमाण्डौमा पक्राउ गरिदा दोस्रो सफललता हात पारेको बताए ।

त्यस्तै विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहदा कैलालीको घोडाघोडी नगरपालिकाको देउकलियामा राधा चौधरीलाई भोले बाबा भनिने राम बहादुर चौधरीले बोक्सी आरोपमा कुटपिट गरेको घटनामा तुरुन्तै प्रतिक्रिया जनाएको बताए । बोक्सीको आरोपमा कुटपिट गर्ने भोले बाबा र उनलाई सघाउने दुई युतवीलाई जेल चलान गरि गरि तेस्रो सफलता प्राप्त गरे ।

कैलालीको गोदावरी नगरपालिका, १० घर भएका लक्ष्मी बडेला र वडा नम्बर १२ का दीपक खत्रीको बिहे परिवारले अस्वीकार गरिदिए र लक्ष्मीको बिहे गत वैशाखमा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का तेजबहादुर विष्टसँग विबाह गरेका थिए । लामो समयसम्म प्रेम सम्बन्धमा रहेका लक्ष्मी र दीपकले एक हुन नसेकेपछि योजनाबद्ध रूपमा असार ८ गते तेजलाई अत्तरीया बोलाएर मदिरा खुवाएर भासुको भिरमा लगेर हत्या गरे ।

उक्त कुरा प्रहरी कहाँ आएको थियो । त्यसपछि आफै अनुसन्धानमा खटिएका एसपी विष्टले दुई दिनपछि घटनाको सबै सत्य तथ्य कुरा बाहिर ल्याए । र असार १२ गते पत्रकार सम्मेलन गर्दै प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा लक्ष्मी बडेला र दीपक खत्रीलाई सार्वजनिक गरेको चौथो सफलता रहेको बताए ।

पाचौँ सफलतामा सामूहिक बलात्कारपछि हत्या काण्ड भएको घटना रहेको बताए । कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी २१ वर्षीया माया विक नगरपालिकाको सामाजिक परिचालिका पदमा असार ५ गतेदेखि कार्यरत थिइन् । उनीसँगै सोही नगरपालिका, ११ शिवपुरका ३० वर्षका गणेश बडुवाल र वर्ष २१ का सुरज चौधरी पनि सोही पदमा कार्यरत थिए ।

विवाहित गणेशले कार्यालय समयका बेला असार ८ गते यौन प्रस्ताव राख्दा नमानेपछि अन्य साथीको सहयोगमा असार १२ गते मायाको सामूहिक बलात्कारपछि हत्या भयो । पाँच जनाले बलात्कार गरिसकेपछि मार्ने उनीहरूको योजना थियो । उनीहरूले सल्फास पनि सँगै लिएका थिए । तर, तिन जनाले बलात्कार गर्दागर्दै मायाको ज्यान गई सकेको थियो ।

घटना असार १२ गतेको थियो । १२ गतेदेखि माया बेपत्ता भएपछि आफन्तले दुई दिन आफै खोजी गरे तर, काहीँ पनि फेला पारेनन् ।माया कहीँ पनि फेला नपरेपछि परिवारले असार १४ गते इलाका प्रहरी कार्यालय मसुरीयामा उजुरी दिए ।
त्यसपछि प्रहरी निरीक्षकको टोलीले खोजतलास गर्दा मायाको शव जेठ १५ गते जंगलमा सडेको, अर्धनग्न र हात पछाडि बाँधिएको अवस्थामा फेला प¥यो ।

प्रहरीले मायाको बलात्कारपछि हत्या भएको आशकामा अनुसन्धान थाल्यो । १६ गते प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान समिति गठन गरियो भने १७ गते जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षकको टोली गठन गरी शून्यबाट छानबिन गरियो ।

घटना भएको ४ दिनपछि शव फेला पारेका थियौ । त्यसैले शून्यबाट अनुसन्धान गर्नुपर्ने थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, इलाका प्रहरी कार्यालयमा परेका उजुरीमा आधारमा छानबिन थालेका हौ । एक हप्तापछि सफल भयौ ।
उनी उक्त घटनालाई सम्झँदै उनले भने ‘यदि हामीले पनि घटनामा फितलो अनुसन्धान गरेको भए माया विक घटना निर्मला पन्त जस्तै हुन्थ्यो होला ।’

छैँटो सफलतामा गोली प्रहार गरी लुटपाट काण्डलाई जोडे उनले । जेठ १३ गते सिद्धार्थ बैंकबाट चौराहामा रहेको केन्ट ट्रेडर्स एन्ड सप्लायर्स (आईएमई) मा पैसा ल्याउने क्रममा कर्मचारी निर्मल काकीमाथि धनगढीमा दिनदहाडै गोली प्रहार गरी साढे ९ लाख रकम लुटियो ।
मुख्य योजनाकार राजकुमार चौधरी घटना हुनुभन्दा करिब एक हप्ता अगाडि नै आईएमई आएका थिए । त्यसदिनदेखि नै उनले आईएमईका कर्मचारी कार्कीमाथि निगरानी बढाएका थिए । घटना हुनु तीन दिन अघि मात्र सबै अभियुक्तले धनगढी बजारमा आएर योजना बनाएका थिए ।

घटना भएको दिनकै बिहान गोली प्रहार गर्ने व्यक्तिलाई कल्लु रानाले गोली हान्ने तरिका सिकाएका थिए । गोली प्रहारपछि उनीहरू गेटाको जङगलमा गएर लुकेर बसेको र राती कञ्चनपुरको बेलौरी गएर पार्टी गरेका थिए । मुख्य चोकैमा घटना भएको भए पनि सिसि क्यामेराले काम नगरेका कारण प्रमाण केही फेला परेन ।

प्रदेशको अस्थायी राजधानीमै दिनदहाडै गोली प्रहार गरी पैसा लुटिएपछि प्रहरीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान ग¥यो । त्यसपछि नौ दिनपछि प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी मुख्य योजनाकारसहित घटनामा संलग्न ५ जना, ५ लाख ४८ हजार ६ सय रुपैयाँ, घटनामा नक्कली नम्बर प्रयोग गरिएको बा ४० प ४४३८ नम्बरको मोटरसाइकल र पेस्तोल सार्वजनिक गरेको थियो । उक्त घटना पश्चात हाल धनगढीमा मोटरसाईकल चोरी हुनबाट रोकिएको बताए ।