योगदान पु¥याउने युगल जोडीलाई अभिनन्दन
धनगढी,८ कात्तिक । ब्रम्हकुमारी ईश्वरीय बिश्वविद्यालय क्षेत्रीय कार्यालय धनगढीले संस्थामा योगदान पु¥याएका सातयुगल जोडीलाई अभिनन्दन गरेको छ ।
संस्थामा लागेर निरन्तर २० बर्ष देखि सहयोग गरेका जोडीलाई अभिनन्दन गरेको हो । बिहीबार अभिनन्दन गरिएका जोडीहरुलाई यस अघि भारतको माउन्टापुमा समेत सम्मान गरिएको आयोजकले बताएको छ ।
अभिनन्दन कार्यक्रममा बोल्दै प्रदेशसभा सांसद टेकबहादुर रैकाले पवित्र कार्यमा लागेर समाजमा योगदान पुर्याएका जोडीहरुलाई सफलताको शुभकामना दिदै ओम शान्तिमा लागेकाहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको बताए ।
धनगढी उपमहानगरपालीका प्रमुख नृपबहादुर वडले ओम शान्तिमा लागेका अभियन्ताहरुलाई आफु बसेको टोल र समाजकामा केहि समय खर्च गरिदिन आग्रह गरे ।
उनले भने, यहाँहरु बसेको समाज स्वभावतः सभ्य, शान्त देखिन्छ अवओम शान्ति भवनमा जस्तै समुदाय तहमा पनि गतिविधी गरिदिन म आग्रह गर्दछु । कानुन ब्यावसायी बिरबहादुर जेठाराले समाजमा रहेका बिकृती बिसंगती न्यूनीकरण गर्ने माध्यम नै आध्यात्मीक मार्ग भएको बताए ।













