मोहनापूल–अत्तरिया सडक निर्माणमा गुणस्तरीय काम नगरे कारवाही गर्ने : सांसद राना
धनगढी, ८ कात्तिक । कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि राना मोहनापुल–अत्तरिया ६ लेन सडकको अनुगमन गरेका छन् ।
सडक निर्माणमा ढिलासुस्ती र कमजोरी भईरहेको जनगुनासो पश्चात धनगढीको त्रिनगर भन्सारदेखि अत्तरियासम्म निर्माण भईरहेको सडक खण्डको उनले अनुगमन गरेका हुन् । अनुगमनमा प्रदेश सभा सदस्य नेपालु चौधरीको पनि सहभागीता रहेको थियो ।

सदस्य रानाले सडक निर्माणमा भइरहेको कमजोरी सुधार गर्दै गुणस्तरीय काम गर्न सडक आयोजनालाई निर्देशन दिए । उनले कमसल काम गरेमा कारवाही गर्ने चेतावनी समेत दिए ।













