गतल गर्ने कर्मचारीलाई तुरुन्त कार्वाही गर्छु : नगरप्रमुख
धनगढी, ७ कात्तिक । धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले गलत गर्ने कर्मचारीलाई तुरुन्त कार्वाही गरिने बताएका छन् ।
उप–महानगरपालीकाको वडा नं १६ स्थित घुरही ग्रामिण विद्युत सहकारी संस्थाको १२औं साधारणसभामा बोल्दै नगरप्रमुख वडले यस्तो बताएका हुन । कुनै पनि कर्मचारीले काम गर्दा पैसा लिन खोज्यो भने कार्यालयमा गुनासो गर्नुहोस्, ‘त्यस्ता कर्मचारीहरुलाई तपाईहरुले थाहा पाउनेगरी कार्वाही गरेर देखाउछु ।’
अहिले सबै वडाहरुमा विकास निर्माणको काम भैरहेको छ नगरप्रमुख वडले भने,‘ति सबै योजनाहरुको अनुगमन, निरिक्षण नगरपालीकाले मात्रै गरेर सम्भव छैन । स्थानीयले आफ्नो योजनाको बारेमा चासो नदेखाए सम्म काम राम्रो नहुने बताए । कुनैपनि ठेकेदार उपभोक्ता समितिले कसरी काम गरिरहेको छ त्यसको निगरानी नागरिकले गर्नुपर्छ ।’
योजनाका लागि बजेटको ब्यबस्था उप–महानगरपालीकाबाट भएपनि यो योजना मेरो हो भन्ने बुझाई स्थानीयमा नभए सम्म बन्ने योजना दिगो नहुने नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालीका १६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले विकास योजनाहरुमा स्थानीयहरुको अपनत्व हुनु आवश्यक भएको बताए । उनले भने,अहिले पनि जनताले नगरपालीकाकाको सडक, कल्वर्ट, ग्राभेल भनेर भन्दछन् यो नगरपालीकाको नभएर हाम्रो हो भन्न सक्नु पर्छ ।
स्थानीय यूवा लक्ष्मण चौधरीले घुरही क्षेत्र धनगढी उप–महानगरपालीकाकै सबैभन्दा विकट क्षेत्र भएकोले यसलाई विकासको मूल प्रवाहमा ल्याउन सक्नुपर्ने बताए ।













