निर्मला हत्याकाण्ड सेलाउन नपाउदै फेरि अर्की ३ वर्षीय बालिका बलात्कृत
धनगढी, ६ कात्तिक । निर्मला पन्तका बलात्कारी–हत्यारालाई कारवाहीको माग भइरहँदा कञ्चनपुरमा फेरी अर्की बालिका बलात्कारको शिकार भएकी छन् ।
कञ्चनपुर भीमदत्त नगरपालिका ३ वर्षीय बालिका घर नजिकैको खोलामा खेलिरहेकोबेला छिमेकी १२ वर्षीय बालकले बलात्कार गरेको खुलासा भएको छ ।
बालिका रक्तमय अवस्थामा घर पुगेकोे परिवारले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले बलात्कार गर्ने बालकलाई नियन्त्रणमा लिएको बताइएको छ । बालकलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा कञ्चनपुरमा हिरासतमा राखिएको छ ।













