टीकापुर घटनाका थुनुवाहरुलाई दशैं खर्च हस्तान्तरण

धनगढी, २९ असोज । टीकापुर घटनाको अभियोगमा जेल जीवन बिताउदै आइरहेका राजबन्दीहरुलाई दशै खर्च उपलब्ध गराएको छ ।

थारु कल्याणकारिणी सभाका कार्यबाहक अध्यक्ष माधब चौधरीको नेतृत्वले सो रकम सोमबार कैलाली कारागारमै उपलब्ध गराएको हो ।

शनिबार धनगढीमा दशैं उकुवारभेट तथा परिचयात्मत्क कार्यक्रममा सो रकम संकलन गरिएको माधब चौधरीले जानकारी दिए ।

उनले राजबन्दीलाई दशैं खर्चको लागि २६ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुलाई नास्ता नखाई संकलन गरेको जेलबन्दीलाई दिने भनेर असग्रम सूचना जारीएको थियो ।

हस्तान्तरण कार्यक्रममा सभापति लाहुराम चौधरी सहितका थुनुवाहरुलाई सो रकम हस्तान्तरण गरेको माधव चौधरी जानकारी दिए ।

थारु ल्याणकारिणी सभा (थाकस), थारु नागरिक समाज, थारु विद्यार्थी समाज, सखी सञ्जाल, आदिवासी जनजाति पत्रकार महासंघ र थारु पत्रकार संघ कैलालीको संयूक्त आयोजनामा कार्यक्रम भएको थियो ।