क्रियाशील पत्रकार महिलाद्धारा दशैंको शुभकामना

धनगढी, २९ असोज । क्रियाशील पत्रकार महिला कैलाली शाखाले कैलाली विभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुसंग दशै, दिपावली र छठको अवसरमा शुभकामना अर्दान प्रदान गरेका छन् ।

सोमबार धनगढीमा सन्डे क्लबको आयोजना गरि शुभकामना अर्दान प्रदान गरेका हुन् । शभकामना दिदै पत्रकारहरुले दशैं कसैको दशा नबनोस्, चाडपर्वहरुले एकताको सुत्रमा ल्याओस्, सकारात्मक सोचका साथ अघि बढ्न शक्ति प्रदान होस् भन्दै शुभकामना दिएका थिए ।

चाडपर्व सरल र मितव्यपी कम खर्चिलो र भडकिलो नहुने ढंगले मनाउन क्रियाशील पत्रकार महिला कैलाली शाखाका अध्यक्ष उन्नती चौधरीले सबैलाई आग्रह गरिन् ।