नगर प्रमुख देउवाद्वारा नगरबासीलाई दशैको शुभकामना

मसुरिया, २९ असोज । गौरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवाले दशै, दिपावली र छठको अवसरमा नगरवासीलाई शुभकामना दिएका।

नगरप्रमुख देउवाले विविधता बीचको एकता, सामाजिक, संस्कृतिक एक्यवद्धता, सहिष्णुता, सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै बहुभाषा, वहुजाति, वहुसांस्कृतिक भएको देशमा यी चाडपर्वहरुले सबै नेपालीलाई एकताको सुत्रमा ल्याउने, आपसी सद्भाव र भाईचारालाई बलियो बनाउने कुरा विश्वास्त हुदै हरेक नेपालीलाई सकारात्मक सोचका साथ समृद्धिको दिशामा अघि बढ्न शक्ति प्रदान हने, समाजमा रहेको अभाव गरिबी, द्वन्द्व,विभेद, कुरिति र अन्ध विश्वासको अन्त्य होस, समाजिक रुपान्तरण र समग्र देश विकासमा लाग्न प्रेरणा मिलोस भनि नगरप्रमुख देउवाले कामना पनि गरेका छन् ।

त्यस्तै गौरीगंगा नगरपालिकाले सबै जातजाति, धर्मावलम्वी, समुदाय, वर्ग र क्षेत्रका चाडपर्वलाई समान प्राथमिकता दिदै आएको छ । हामी सबै चाडपर्व सरल र मितव्यपी कम खर्चिलो र भडकिलो नहुने ढंगले मनाउने नगरप्रमुख देउवाद्धारा प्रकाशित शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।