बाटो मर्मत गर्न वडा अध्यक्ष केशर आफै खटिए

भजनी, २८ असोज । गाउँसम्म बस पु¥याउन भजनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशर बहादुर बुढा आफै बाटो मर्मतमा लागेका छन् ।

धनगढी देखी लालबोझी हुँदै भजनीसम्म दशै अगाडी बस पु¥याउने लक्ष्य सहित नगरपालिकाले विग्रेको बाटो मर्मत सम्भारमा लागेको हो ।

आज आइतबार विहानै वडा नम्बर ५ का वडा अध्यक्ष बुढा ट्रयाक्टरमा ग्राबेल तथा बेल्चा लिएर बिग्रे भत्केका रोड मर्मत गरेका थिए । केही दिन अगाडी नगरप्रमुख शेरबहादुर चौधरी पनि प्राबिधिक टोली र डोजर सहित सडक मर्मतमा खटेका थिए ।

नेकपाका नेता कुम्भ कडायतको पहलमा सडक मर्मत भईरहेको छ । धनगढी देखि लालबोझी हुँदै भजनीसम्म बस आज साँझ गाउँसम्म पुग्ने वडा सदस्य टीकाराम भण्डारी बताए । बर्षात तथा बाढीले गाउँघरको बाटो बिग्रिएकोले अहिले धनगढी देखि कैलारीगाउँपालिका वडा नं. ७ रामपुरसम्म बस सेवा सञ्चालनमा रहेको छ ।