थारु पत्रकार संघ नेपालको सातौं साधारणसभा सम्पन्न (घोराही घोषणापत्र सहित)

घोराही, २८ असोज । थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला तथा सातौँ साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले ८ बुँदे दाङ घोषणा पत्र समेत जारी गरेको छ ।

यस्तो छ घोषणा पत्र

१ नेपालको संविधान (२०७२) ले थारु समुदायलाई छुट्टै पहिचान दिइसकेकाले नेपाल पत्रकार महासंघ लगायत विभिन्न दलका प्रेस संगठनहरुमा थारु पत्रकारहरुको लागि समावेशी कोटाका लागि पहल गर्ने ।

२. दाङको घोराही उपमहानगरपालिका, बर्दियाको बाँसगढी र बारबर्दिया नगरपालिकाले थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउने निर्णय गरेकोले धन्यवाद दिँदै थरुहटका थप अन्य स्थानीय तहमा थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउन अभियान चलाउने ।

३. थारु भाषा तथा संस्कृति संरक्षण तथा विकासमा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने साथै थारुहरुको महान् पर्व माघीलाई संघीय, प्रदेश र स्थानीय सरकारसंग राष्ट्रिय उत्सवका रुपमा मनाउन माग गर्ने ।

४. शाखा तहबाट मातृभाषा थारु भाषामा व्यवसायिकरुपमा पत्रपत्रिका तथा मुखपत्र प्रकाशन र विद्युतीय माध्यममा समाचार र कार्यक्रम उत्पादन तथा प्रसारण गर्न प्रोत्साहित गर्न हालसम्म १७ वटा जिल्ला शाखा रहेकोमा थरुहटका सबै जिल्लामा शाखा विस्तार गर्ने ।

५. स्थानीय सरकारसँग समन्वय गरी थारुलगायत जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम, गोष्ठीलाई निरन्तरता दिने ।

६. प्रदेशहरुकको नामाकरण र राजधानीको नाम राख्दा थारु पहिचान स्थापित हुनेगरी नामाकरण र भूगोल चयन गर्न माग गर्ने ।

७. थरुहट आन्दोलनको क्रममा टीकापुर लगायत घटनामा गिरफतार भएका प्रतिनिधिसभा सदस्यमा निर्वा्चित रेशम चौधरीलगायतका बन्दीलाई यथासिघ्र रिहाई तथा फूलबारी एफएम सञ्चालनका लागि पहल गर्न सम्बन्धित निकायलाई दबाब दिने ।

८. थारु पत्रकार संघ, नेपालको सातौं साधारणसभा आयोजनाको सफल व्यवस्थाप नगर्ने संघको दाङ शाखालाई धन्यवाद दिनुका साथै आठौं साधरणसभा तथा चौथो अधिवेशन २०७६ मंसिर मसान्तभित्र चितवनमा आयोजना गर्ने ।