गायक रत्न चौधरीको दशैं गीत सार्वजनिक

काठमाडौं, २७ असोज । गायक रत्नदीप चौधरीले दशैंको अवसरमा ‘हाम्रो पर्व हाम्रो सम्पदा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक चौधरीले राष्ट्रिय भाषाका दर्जनबढी गीतहरु यसअघि गाइसकेका छन् । चौधरीका अनुसार अहिलेसम्म गीतका पाँचवटा एल्बम र करिब चार दर्जनबढी गीतमा स्वर दिएको बताए ।

थारु भाषाको गीतमा बढी स्वर दिएका गायक चौधरी अहिलेसम्म ए हौ साली झुम्कावाली (२०५६), काठमाडौं जैवै गोरी (२०५६), लक्का जवान ठिटो (२०६०) एल्बम निकालेका छन् ।

त्यस्तै, हमार दिल हमार धडकन् (२०६४), सैंया भ्याल जमैया (२०६६) चलचित्रमा समेत चौधरीले स्वर दिएका छन् । नेपाल ललितकला क्याम्पसमा स्नतकोत्तर तहमा अध्ययनरत गायक चौधरीले गायनबाटै आफ्नो पहिचानका लागि लागिपरेको बताउछन् । नेपाल सशस्त्र प्रहरीमा जागिरे चौधरी सुनसरी जिल्लाका निवासी हुन् ।