अत्तरियामा डिजेल बोकेको ट्याङ्कर दुर्घटना
अत्तरिया, २७ असोज । कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ । शनिबार बिहान ना ५ ख १०१४ नम्बरको ट्याङ्कर दुर्घटनामा परेको हो ।
तीव्र गतिमा पूर्ववाट धनगढी तर्फ आउदै गरेको ट्याङ्कर अनियन्त्रित भई अत्तरियाको मुख्य चोकमा दुर्घटनामा परेको हो । ट्याङ्करमा रहेको डिजेल सडकमा पोखिएको छ । तर, कुनै मानविय क्षति भने भएको छैन ।
चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान जारी रहेको कैलालीका प्रहरी नायव उपरीक्षक हरी ओलीले जानकारी दिए ।













