किसानहरु समयमै धानको उचित मुल्य पाउँछन् : मुख्यमन्त्री भट्ट

धनगढी, २६ असोज । सुदूरपश्चिम प्रदेशका किसानले समयमै धानको उचित मुल्य पाउने मुख्यमन्त्री त्रिलोचन्द भट्टले बताएका छन् । कैलाली र कंचनपुर जिल्ला सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला हो । सरकारले समयमै धानको मुल्य निर्धारण नगर्दा यहाँका किसानहरु बर्षौदेखि घाटा ब्यहोर्न बाध्य छन् मन्त्री भट्टले भने ।

मुख्यमन्त्री भट्टले किसानहरु आफनो मेहनत अनुसारको धानको उचित मु्ल्य पाउन भनेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी र उधोग, पर्यटन बन तथा बातावरण मन्त्री माया भट्ट र धनगढीस्थित नेपाल खाद्य संस्थानका सेती अंचल प्रबन्धकसंग सो बारे छलफल समेत गरेका थिए ।

छलफलपछि मुख्यमन्त्री उनले नेपाल सरकारको धानको न्युनतम समर्थन मुल्यमा किसानले धान बिक्रि गर्न पाउने ब्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिए । साथै नेपाल खाद्य संस्थान र प्रदेश सरकारले पनि किसानले घाटा ब्यहोर्न नपरोस भनी धान खरिदका लागि आबश्यक योजना बनाउने बारेमा समेत छलफल गरे ।

बिगतमा नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मुल्य भन्दा पनि कम मुल्यमा किसानहरुले बाध्य भएर ब्यापारीहरुलाई बेच्दै आएका थिए ।