शिविरले आत्मबल बढायो, पन्यू चलाउने हातले टायल फुटायो
धनगढी, २६ असोज । सुदूरपश्चिम प्रदेशको धनगढीस्थित क्षेत्रीय रंगशालामा शुरु भएको छ दिने आत्मरक्षा तालिमले महिला तथा बालिकाहरुको आत्मबल बढाएको छ ।

आत्मरक्षा शिविर शुक्रबार समापन भएको थियो । समापनमा महिलाहरुले गाग्री र टायल फुटाएका थिए । शिविरमा सहभागि रक्षा बमले ६ दिने तालिमले आफूहरुको आत्मबल बढाएको बताउदै उनले अब हामी आफ्नो मात्रै होईन अरुकोको पनि रक्षा गर्न सक्ने बताईन् ।
समापन कार्यक्रममा सामाजिक मन्त्री दीर्घ सोडारीले शिविरले महिलाहरुको आत्मबल बढाएकोमा खुशी व्यक्त गरे । उनले यस्तो शिविर प्रदेश भरि नै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेशभित्र अझैपनि बलात्कार, छाउपडी, बोक्सी आरोप जस्ता कुपर्थाले गर्दा बदनामी भईरहेको बताउदै अब यस्ता खाले कुपर्था अन्त्यका लागि पनि जनचेतनामूल अभियानको जरुरी रहेको बताए ।
उनले स्वच्छ प्रदेश निर्माणको लागि हरेक कदममा आफ्नो साथ रहने बताए । शिविरमा दुई हजार जना नियमित प्रशिक्षण लिईरहेको राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका महासचिब प्रकाश चन्दले जानकारी दिए ।

राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको आयोजना तथा सामाजिक मन्त्रालय, धनगढी उपमहानगरपालिका, ओरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद् र क्रियाशील पत्रकार महिलाको दलित महिला अधिकार मञ्च, चौलानी डिपार्ट मेन्टल लगायतको समन्वयमा आत्मरक्षा शिविर सञ्चालन भएको थियो ।













