मोटरसाइकल र बस ठोक्किदा दुईको मृत्यु
धनगढी, २५ असोज । अत्तरियामा मोटरसाईकल र बस एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका ६ का २८ वर्षिया हेमन्त साउँद र सोही ठाउँका वर्ष २४ का विक्रम खड्काको उपचारको क्रममा भारततर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एबं निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक हरि बहादुर वलीले जानकारी दिए ।













