२४ घण्टा भित्रै लालबोझीमा बस पुग्छ : नगर प्रमुख
भजनी, २४ असोज । कैलालीको भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरीले २४ घण्टा भित्र लालबोझीमा बस पुग्ने बताए ।
धनगढीबाट लालबोझी पुग्ने हुलाकी सडक ठाउँ ठाउँमा विग्रेको सो ठाउँमा बुधबार प्रबिधिक टोली मर्मतको खटाउदै उनले यस्तो भनेका हुन् ।
नगरप्रमुख चौधरी टोलीसंगै आफूपनि विग्रेको बाटो सम्भार कार्यमा खटिएका थिए । उनले दशै तिहारलाई मध्यनजर गर्दै भजनी नगरपालिकाले जनतालाई सास्ती नहोस् भन्दै छिटो भन्दा छिटो बाटो मर्मत गर्न प्रविधिकलाई आग्रह समेत गरे ।
हाल हुलाकी राजमार्गमा मोटर साईकल बाहेक अन्य सवारी साधनहरु कैलारी गाउँपालिका वडा नं. ७ रामपुर सम्म मात्रै सुचारु रहेको छ । ठूला सवारी साधन बन्द रहेको हुलाकी राजमार्गलाई भनजी नगरपालिका क्षेत्रमा ठेकादारलाई काम शुरु गर्न निर्देशन दिइसकेको छ ।













