नगर प्रमुखद्धारा नगरबासीलाई शुभ–कामना सन्देश
धनगढी, २४ असोज । धनगढी उपमहानगरपालीका प्रमुख नृपबहादुर वडले दशैं तिहार र छठको अवसरमा नगरवासीलाई शुभ–कामना सन्देश दिएका छन् ।
बुधवार शुभ–कामना सन्देश दिदै नगर प्रमुख वडले यी चाडपर्वहरुले हरेक नेपालीहरुलाई सकारात्मक सोचका साथ समृद्धीको बाटोमा लाग्न शक्तिप्रदान गरोस् भन्ने शुभकामना दिए । समाजमा रहेको अभाव, द्धन्द र बिभेदको अन्त्य होस् । समाजिक रुपान्तरणमा लाग्न सबैलाई प्रेरणा देओस भन्ने कामना पनि नगर प्रमुख वडले सन्देस व्यक्त गरेका छन् ।
नेपाल बहुभाषा, बहुजाती, बहु संस्कृती भएको देशमा चाड पर्वहरुले सबै नेपालीहरुलाई एकताको मालामा ल्याउने, धार्मिक सहिष्णुता, आपसी सद्भावलाई बलियो बनाउने शुभ अवसर समेत प्रदान गरे ।
धनगढी उप–महानगरपालीकाले सबै जातजाती, समुदाय र बर्गका चाडपर्वहरुलाई समान प्राथमिकता दिदै आएको उनले बताए । साथै चाड पर्वहरु आर्थिक भारमा पर्ने र पार्ने भन्दा मितब्ययी बनाउन पनि नगरवासीलाई आग्रह गरे ।














