प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगीता हुने

लम्की, २३ असोज । कैलालीको जानकी गाँउपालिका वडा नम्बर ५ मा वडा स्तरीय प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०७५ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।

विजया दशमी तथा शुभ दिपावलीको पावन अवसर पारेर खेलकुद प्रतियोगीता यहि असोज २४ गतेबाट शुरु हुदैछ । स्वास्थ्य र खेलकुद बिकास र पुर्वाधार शान्ति एकता र सामाजिक सद्भाव नयाँ नेपालको आधार भन्ने मुल नाराका साथ सो प्रतियोगीतामा महिला पुरुष भलिबल, पुरुष ब्याडमिन्टन, बिधामा प्रतियोगीता हुने खेलकुद बिकास समितिका संयोजक अनिल कुमार चौधरीले जानकारी दिए ।

जानकी गाँउपालिका बिगतका दिनहरुमा पनि युवा लक्षित कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनी युवाहरुको नेतृत्व तथा क्षमता बिकासका लागी सधै लागी पर्ने वडा नम्बर ५ का वडा अध्यक्ष भिम थारुले बताए । आफु युवा भएकाले युवाको क्षेत्रमा बढि भन्दा बढी कार्यक्रम गर्ने बताए ।