कैलारीको छटकपुरमा बसन्ता कोरिडोर थारु होमस्टे सञ्चालन हुँदै
रतनपुर, २३ असोज । कैलारी गाउँपालिका वडा नं. ७ छटकपुर बसन्तामा ‘बसन्ता कोरिडोर थारु होमस्टे’ सञ्चालन आउने भएको छ ।
होमस्टे भोली २४ गते बुधबार एक कार्यक्रमको बिच उद्घाटनको कार्यक्रम रहेको छ । सुगम जिल्ला कैलालीको दक्षिणी दुर्गम क्षेत्रमे अवस्थित उक्त थारु गाउँमा थारु समुदायको कला संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याउन लागेको बसन्ता कोरिडोर थारु होमस्टेका अध्ययक्ष मंगल चौधरीले बताए ।
तत्कालका लागि ७÷८ घर सञ्चालनमा ल्याई रहेको जानकारी गराउँदै अध्यक्ष चौधरीले आन्तरिक तथा बाह्य पर्यटकका लागि विभिन्न प्राकृतिक ताल तलैया अवलोकन तथा बोटिङ्ग, जंगली बन्यजन्तुहरुको अवलोकन गराउने बताए ।

साथै पर्यटकका लागि होमस्टेमा थारु परिकार घोंघी, सिध्रा (सुकाएको माछा), गंगटो, ढिक्री, सुंगुरको मासु, अण्डीक भात, महुवाको रक्सी, निघार लगायत परिकारको टेष्ट लिन सक्ने सञ्चालन चौधरीले बताए ।
यसका साथै राती मनोरञ्जनका लागि सखिया नाच, झुम्रा नाच र लाठी नाचको व्यवस्था रहेको समेत अध्यक्ष चौधरीले बताए । कैलालीमा यस अघि भादा थारु गाउँ होमस्टे, माघी होमस्टे र खरुवा खेरागाउँमा थारु होमस्टे सञ्चालनमा आएका छन् ।













