महिलाहरुले बनाएको काठेपुल, सवारी साधनबाटै दैनिक दुई हजार अम्दानी
भजनी, २३ असोज । कैलारी गाउँपालिका वडा नं. ७ विपतपुर मुक्त कमैया शिविरका महिलाहरुले निर्माणधिन हुलाकी राजमार्ग भित्र काठपुल बनाएर आम्दानीको स्रोत बढाएका छन् ।
राजमार्गमा निर्माण हुदै गरेको पुलको छेउमा काठेपुल बनाएर आवत जावज गर्ने मोटरसाईकलबाट लेबी उठाई राम्रो पैसा कमाईरहेको बताउछिन् सखी महिला समुहका सचिब कृष्णी चौधरी ।
उनी भन्छिन् ‘हुलाकी राजमार्गको जमनेहता भित्र पुल बन्न केही समय लाग्ने भएकोेले काठेपुल बनाएका हौं ।’ पुल तरेबाफत रेबी स्वरुप प्रति मोटर साईकल रु २० रुपैया लिने गरेको सचिब चौधरीले बताईन् ।

उनले भनिन् ‘प्रति दिन १८ सय देखि २ हजार सम्मको रकम संकलन हुन्छ । यो पैसा सखी महिला समुहको कोषमा जम्मा गर्दछौ ।’
वर्षाको सिजनमा यो बाटो हिड्डुल गर्न सक्ने अवस्थामा थिएन तर डेढ महिना यता हुलाकी राजमार्ग भित्रै दुई ठाउँमा काठेपुल बनाएर आवत जावत गर्नेलाई यो सुविधा दिएका हौं, कृष्णीले भनिन् ।
लेबी उठाउनमा प्रत्येक सदस्यले एक÷एक दिन आलोपालो गर्ने नियम बनाएको बताउदै चौधरीले भनिन् लेबीबाट आएको पैसाले समुह भित्रकै सदस्यहरु आलोपालो सस्तो व्याजमा ऋण निकाल्ने बताईन् ।
पछिल्लो अवस्थामा गाउँको सडकको विकास निर्माण हुदैगर्दा सोही क्षेत्रमा बसोबास गर्ने महिलाहरुको दिनप्रतिदिन जीवनशैली परिवर्तन हुदैगईरहेको छ । हिजोका दिनमा घरको काममा सिमित महिलाहरु आजभोली आम्दानीका स्रोतहरु पहिचान गर्दै आर्थिक आयआर्जनमा गति बढाएको उदाहरण यो समुहले प्रष्टाएको छ ।













