बाढीबाट जोगिन वल्र्ड भिजनद्वारा गापालाई पाँच लाख बाराबरको सामाग्री
हसुलिया, २२ असोज । सामाजिक विकासका लागि सचेत समाज (सीएसएसडी) र वल्र्ड भिजन इन्टरनेशनल नेपालद्वारा सञ्चालित नेपाल विपद् जोखिम पूर्व तयारी परियोजनाले कैलारी गाउँपालिकालाई विभिन्न सामग्री हयोग गरेको छ ।
उक्त परियोजनाले बोट(डुंगा), साइरन, लाईफ ज्याकेट लगायत गरी पाँच लाख, ७५ हजार २५४ रुपैया बराबरको सामग्री सहयोग गरेको हो ।
जिल्ला दैविक खोज तथा उद्धार समिति सुदूरपश्चिम प्रेदश संयोजक विना खड्का र सीएसएसडीका विपद् जोखिम न्यूनीकरण कार्यक्रम संयोजक क्रिम चौधरीले एक कार्यक्रमकाबीच कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई सामग्री हस्तान्तरण गरेका थिए । संयोजक चौधरीले विपद् जोखिम व्यवस्थापन क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामग्रीहरु गाउँपालिकालाई सहयोग गरेको बताए ।
गाउँपालिकाका अध्यक्ष चौधरीले प्राप्त सामग्री मार्फत गाउँपालिकाको कामकाज गर्न सहयोग पुग्ने उल्लेख गरे ।

‘हामीलाई आवश्यक परेका सामग्री प्राप्त सहयोग भएको छ’, उनले भने–‘यसले कामकाज गर्न सहयोग पुग्नेछ ।’ सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द भट्ट लगायतको उपस्थिति रहेको थियो । उक्त परियोजनाले केही दिन अगाडी कम्प्युटर, टेलिभिजन, फ्यान स्टान्ड, इन्भर्टर, स्टील कपबोर्ड, कार्पेट लगायतको गरी एक लाख ८० हजार ५८४ रुपैया बराबरको सामग्री सहयोग पनि गरेको थियो ।
यसका साथै उक्त परियोजना अन्र्तगत सञ्चालित रहेका घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका नगरपालिका लगायतका स्थानीय तहमा पनि सामग्री हस्तान्तरण गर्ने सीएसएसडीका विपद् जोखिम न्यूनीकरण कार्यक्रम संयोजक चौधरीले जानकारी दिए ।













