रोयल शु को स्क्रयाच कुपन मार्फत पत्रकार अनतलाई ५ हजार पुरस्कार
धनगढी २१ असोज । दशै तथा तिहारको उपलक्ष्यमा प्रत्येक रोयल शु को खरिदमा ल्याएको स्क्र्याच कुपन मार्फत कैलारी गाउँपालिका वडा नं. ७ नारायणपुर निवासी पत्रकार अनत चौधरीलाई रु ५ हजार उपहार परेको छ ।
धनगढीको मुख्य बजारमा नेपाल टेलिकम अगाडि रहेको बाँसवारी न्यू कर्णाली शु सेन्टरमा आइतबार रोयल शु किन्दा उनलाई सो उपहार परेको हो ।
न्यू कर्णालीका सञ्चालक रामप्रसाद चौधरीले स्क्र्याच कुपन मार्फत विजेता चौधरीलाई पुरस्कार हस्तान्तरण गर्दै भन्नु भयो, ‘अहिले नेपाली ब्रान्डको रोयल शु कम्पनीले दशै तिहारको अवसरमा प्रत्येक रोयल शु को खरिदमा एक स्क्रयाच कुपन दिने र सो स्क्रयाच कुपन मार्फत रु १ सय देखि रु। १ लाख सम्म नगद पुरस्कार तथा ५ देखि ५० प्रतिशत सम्म छुटको साथै विशेष उपहारको व्यवस्था गरेको छ ।’
मुख्य बजारमा रहेको उक्त पसलमा नेपाली तथा विदेशी ब्राण्डका आकर्षक जुत्ता, चप्पल किन्न सकिन्छ ।













