चित्रकलामा अब्बल मनिष चौधरी, कपिराइड भन्दा कम छैनन

कैलाली, २१ असोज । कैलारी गाउँपालिका वडा नं. ५ छोटी पलियाका २२ वर्षिय मनिष चौधरी चित्रकलामा निकै सौकिन छन् ।

सानै देखि चित्रकलामा रुचि रहेका चौधरी अहिलेसम्म सयौं चित्र कोरिसेका छन् । उनी कहीकतैबाट ट्रेनिड्ड लिएका भने छैनन् । गाउँको स्कुल कक्षा ५ मा अध्ययनरत रहेको बेला श्रोत केन्द्र स्तरीय चित्रकला प्रतियोगितामा भाग लिई प्रथम भए पश्चात मनिषले चित्रकलालाई झन महत्व दिएको बताए ।

धनगढी स्थित जयमालिका कलेजमा बीबीएस चौथो बर्षमा अध्ययनरत चौधरीले चर्चित कलाकार काउलीबुढी, प्रकृति, हिरो हिरोइन लगायतका सयौं चित्र कोरिसकेका छन् । उनले आफूले कोरेको प्रायः सबै चित्र फेसबुक मार्फत शो गर्ने गरेका छन् ।

देश विदेशमा चित्रकलाको महत्व रहेता पनि नेपालमा खासै स्कोप तथा महत्व नरहेको बताउदै उनले चित्रकलालाई प्यासन मात्र बनाएको बताए ।

मनिष चौधरी

उनको पुरै परिवार चित्रकलामा सौकिन छन् । आमा बुवा दाईप पनि चित्र कोर्नमा निकै अगाडी छन् तर चित्र केरेर कोठामै ठन्क्यारा राख्नु बाहेक केही सिप नचलेपछि उनी चित्रमा आफ्नो भविष्य नै नदेखेको मनिषले बताए । मनिष हाल गायन क्षेत्रमा पनि रुची राख्दै अगाडी बढिरहेका छन् ।