बाँके दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यू

बाँके, २० असोज । बाँकेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ। शनिबार राप्ती सोनारी गाउँपालिका वडा नं. ९ स्थित मुगुवा खोला नजिकै ट्रकले हायसलाई ठक्कर दिँदा एकै परिवारका आमा–छोरा र दिदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त दुर्घटनामा परी शान्तिनगर गाउँपालिका वडा नं. ७ कुमलगडी निवासी ५१ वर्षीया आमा मुना रावत, उनका २७ वर्षीय छोरा तुलसीराम रावत र ३२ वर्षीया दिदी दोर्णा बुढाथोकीको मृत्यु भएको बताइएको छ।

दाङको तुलसीपुरबाट बाँकेतर्फ जाँदै गरेको रा १ ख १६६२ नम्वरको यात्रुबाहक हायस र बाँकेबाट पूर्व तर्फ आउँदै गरेको ले १ ख ७७२९ नम्वरको ट्रक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो।