निर्मलाको हत्यारा बम दिदी/बहिनीबाट मात्रै पत्ता लाग्छ : पूर्वमन्त्री बलायर
धनगढी, १८ असोज । नेपाली काँग्रेस केन्दीय सदस्य वीरबहादुर बलायरले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा बम दिदी(बहिनीका माध्यमबाट मात्रै पत्ता लाग्ने दाबी गरेका छन् ।
पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेको बेला पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बलायरले बम दिदी/बहिनीबाट घटनाको सबै पोल खुल्ने दाबी गरेका हुन् ।
‘हत्यारा पत्ता लगाउनका लागि कहीँ पनि जानु पर्दैन, बम दिदी(बहिनीहरूका माध्यमबाट हत्यारा पत्ता लाग्छ’ उनले भने, ‘उनीहरूले हत्यारा देखेका छन्, उनले बलात्कारी देखेका छन्, उनकै माध्यम बाहेक अर्को माध्यमबाट हत्यारा पत्ता लाग्न सक्दैन ।’
निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका बलायरले निर्मलाका हत्यारा बम दिदी(बहिनीबाहेक अरूलाई थाहा नभएको ठोकुवा गरे ।













