हसुलिया जार्दै गरेको बस दुर्घटना हुदा एकको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

धनगढी, १५ असोज । धनगढीबट हसुलिया तर्फ जादै गरेको यात्रुवाहाक बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

से १ ख १०२५ नम्वरको वस आज दिउसो गोदावरी नगरपालीकाको वल्मिमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यू हुने गौरिगंगा नगरपालिका ४ कि इश्वरी विनाडी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरी वलीले बताए ।

विनाडीलाइ उपचारकालागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

त्यसै गरि दुर्घटनामा परि ११ जना घाइते भएका छन् । घाइते सबै खतरा मुक्त रहेको बताइएको छ । उनीहरुको अत्तरिया स्थीत पद्मा अस्पतालमा उपचार भइरहेको डिएसपी वलीले जानकारी दिए ।

तिव्र गतिमा जादै गरेको वस अनियन्त्रित भइ दुर्घटना भएको थियो । जिल्ल प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको डिएसपी वलीले बताए ।