तरुण दलका सभापतिको नेतृत्वमा सामुहिक बलात्कार
धनगढी, १४ असोज । बलात्कार घटना विरुद्धमा देश व्यापी चर्को नारा जुलुस भईरहेको बेला डडेलधुरामा तरुणदलका सभापतिको नेतृत्वमा एक किशोरीलाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
राजनीतिक पार्टीका सभापतिको नेतृत्वमा पशुराम नगरपालिकाका एक किशोरीलाई स्थानीय २ युवकले सामुहिक बलात्कार गरेको बताइएको छ । अनन्ते मेलाबाट घर फर्किने क्रममा असोज ९ गते सोही नगरपालिकाका बीरबहादुर बोहरा र शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी डडेल्धुरा जिल्ला प्रहरी कार्यालयमा आएको बताएको छ ।
प्रहरीले आरोपी बोहरालाई पक्राउ गरिसकेको छ । उनी नेपाली काँग्रेसका युवा संगठन तरुण दलका नगर सभापति हुन् । राजनीतिक अगुवाले नै बलात्कारको नेतृत्व गरेपछि स्थानीय चिन्तित भएका छन् । बोहोराले नै बलात्कारको योजना बनाएको खुलेको छ ।
प्रक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराले १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जनाएको छ । फरार जोशीको इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले खोजीकार्य गरिरहेको डडेल्धुरा छ ।













