टीकापुर घटनाको साक्षी वकपत्र सकियो, छिट्टै किनारा लाग्छ : अधिवक्ता केसी
धनगढी, १४ असोज । तीन वर्ष पछि शुरु भएको टीकापुर घटनाको साक्षी वकपत्र आज सकिएको छ ।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका अभियुक्तलाई जिल्ला अदालत कैलालीले भदौं २४ गतेदेखि नियमित साक्षी वकपत्रकोलागि उपस्थित गराइरहेको थियो ।
बादी तर्फका वकालत गरिरहेका अधिवक्ता गजेन्द्र केसीलेका अनुसार ‘साक्षी वकपत्र आज अन्तिम हो ।’ साक्षी वकपत्र सकेपछि मुद्धा तुरुन्तै पेशीमा जाने बताए । तर सक्कल मेसिल उच्च अदालत काठमाडौं पठाइएकोले पेशीकोलागि अलि गाह्रो भईरहेको उनले जानकारी दिए ।
वकपत्रमा वादी पक्षका ३५ र प्रतिवादी पक्षका ५० जना गरी ८५ जना साक्षी अदालतमा उपस्थित भएका थिए । टीकापुर घटनाको मुद्धा प्रक्रियामा गइएसकेकोले अब छिट्टै किनारा लाग्ने सम्भावना रहेको अधिवक्ता केसीको भनाई छ ।













