एक महिनामा ४८ जना महिला तथा बालिका बलात्कृत भएको तथ्यांक सार्वजनिक

धनगढी, १२ असोज । ओरेकले यहि भदौ माहिनामा गरेको अभिलेखीकरणमा १ सय ७० घटना मध्ये सबैभन्दा बढी ४८ जना महिला तथा बालिका माथि बलात्कार भएको तथ्यांक सावजनिक गरेको छ ।

सार्वजनिक गरेको घटना मध्ये ३५ जनामाथि कुटपीट, १८ जनालाई खान लाउन नदिने, विवाह दर्ता, जन्म दर्ता तथा नागरिकता जस्ता स्रोत सुविधाबाट बञ्चतीकरण गरिएको, १७ जनामाथि गालीगलौज, धम्की, चरित्रहत्याका कारण मानसिक हिंसा भएको, १३ जनामाथि यौन दूव्र्यवहार र १२ जना महिलाको हत्या भएको बताएइको छ ।

यस्तै हिंसा प्रभावित महिलाहरु १७ देखि २५ बर्ष उमेर समुहका ३१ प्रतिशत र १६ बर्षभन्दा कम उमेरका किशोरी तथा बालिकाहरु २५ प्रतिशत, २६ देखि ३५ उमेर समुहका २१ प्रतिशत, ३६ देखि ४५ उमेर समुहका ९ प्रतिशत, र ४६ बर्षभन्दा माथिका र उमेरसमुह नखुलेका ७–७ प्रतिशत महिला हिंसाबाट प्रभावित भएको बताएइको छ ।

हिंसा प्रभावित मध्ये ३८ प्रतिशत महिला श्रीमानबाट, २१ प्रतिशत छिमेकीबाट र २० प्रतिशत परिवारका सदस्यहरुबाट हिंसा भइरहेको ओरेकले जनाएको छ ।