राजधानी धनगढी राख्नु पर्छ भन्नु के गल्ती हो ?
धनगढी, १२ असोज । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले आन्दोलनको बेला नापेर कसैले नबोल्ने बताए । उनले आफूले प्रदेश नम्बर ७ को राजधानी धनगढी नै बनाउनु पर्छ भन्ने जनताको मागप्रति आफ्नो एक्येवद्धता रहेको बताए ।
मेयर वडले मुक्तिक डगरसँग शुक्रबार विहान कुरा गर्दै भने, “आन्दोनल आक्रोसपूर्ण हुन्छ । आन्दोनलको बेला कसैले नापेर बोल्दैनन् । मैले पनि बोले ।” उनले आफू धनगढीका जनताको प्रतिनिधि भएकोले उनीहरुको मागमा एक्येवद्धता जनाउने अधिकार भएको बताए ।
कुराकानीको क्रममा मेयर वडले आफूले प्रदेश राजधानी धनगढी राख्नुपर्छ भन्नु गल्ती भएको कसैले भन्छ भने आफ्नो गल्ती भएको बताए । उनले आफूले प्रेस विज्ञप्ति जारी गरेर गल्ती भएको स्वीकार गरिसक्दा पनि प्रतिसोधका कारण उजुरी दिएको दाबी गरे ।
मेयर वडले धनगढी राजधानी किन हुन नसक्ने ? भन्दै प्रश्न समेत गरे । उनले अस्थायी राजधानीको लागि राज्यको ठूलो लगानी भइसकेको अवस्थामा राजधानी अन्त सार्न नहुने समेत बताए ।













