क्रान्तिकारी पत्रकार संगठनकोे अध्यक्षमा डिल्ली रावत, यस्तो छ ५१ सदस्यीय केन्द्रीय समिति
काठमाडौं, ११ असोज । क्रान्तिकारी पत्रकार संगठन नेपालको अध्यक्षमा डिल्लीराज रावत चयन भएका छन् । संगठनको गत बैशाख १५, १५ र १७ गतेको राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले रावतलाई सर्वसहमत चयन गरेको हो ।
विहिबार सम्पन्न बैठकले उपाध्यक्षमा दिपबहादुर घर्तीमगर र जन्मदेब जैशी, महासचिबमा बाबुराम भुसाललाई चयन गरेको छ ।

विधानअनुसार ९ जना सचिब पनि चयन गरेको छ । जसमा उन्नती चौधरी, जीवन हमाल, रुपेन्द्र ऐडी, राजेन्द्र अधिकारी, बैकुण्ठ गिरी, धनन्जय बुढा, राजकपुर महर्जन, सहदेव थापालगायत रहेका छन् । उनीहरुलाई सातवटा प्रदेश, भ्याली र प्रतिष्ठानको जिम्मेवारी बैठकले दिएको छ । त्यसै गरि कोषाध्यक्षमा तिलक अधिकारीलाई चयन गरेको छ ।
बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेगरि हर्कत विरुद्ध सशक्त अवाज उठाउने, जनपक्षिय पत्रकारीतालाई नयाँ उचाईमा उठाउन रचनात्मक कार्य गर्ने निर्णय गरेको छ ।













