‘लिंग पहिचानगरि गर्भपतन गर्नु सामाजिक बाध्यता हो’
धनगढी ,९ असोज । धनगढी उप–महानगरपालीकाका उप–प्रमुख सुशिला मिश्र भट्टले लिंग पहिचानगरि गर्भपतन गर्नु सामाजिक बाध्यता रहेको बताए ।
मंगलबार धनगढीमा महिला कानुनी विकास मञ्च र इन्टरनेशनल अलर्टले आयोजना गरेको लैगिंक हिंसा र भ्रुणहत्या बिषयक संवाद कार्यक्रममा यस्तो धारणा राखेकी हुन । रहरले कसैले पनि भ्रुणहत्या गर्दैन नगर उप–प्रमुख भट्टले भनिन ‘हाम्रो समाजमा रहेको मुल्य मान्यताका कारण यस्ता घटना घटीरहेका छन् ।’ समाजमा लैङ्गिक बिभेद ब्याप्त नगर उप–प्रमुख भट्टले, यो समाजले छोरालाई बढी प्राथमिकता दिने भएकाले छोरीको लिङ्ग पहिचान गरेर गर्भपतन गरिरहेका छन् ।
उनले लिङ्ग पहिचान गरेर भ्रुणहत्या गर्नु गैर कानुनी भन्ने कुरो कानुनमा भएपनि त्यसको कार्यान्वयन हुन नसकिरहेको चिन्ता उप–प्रमुख भट्टले गरिन ।
स्थानीयतहले भ्रुणहत्या सम्वन्धी कानुनको कार्यान्वयनमा कहाँनिर सहयोग चाहिन्छ हामी तयार छौं उप–प्रमुख भट्टले भनिन्‘कानुन बनाउदा सरोकारवाला निकाय संग सुझाव दिने काम गरिन्छ ।
कानुनले अनईच्छीत गर्भ पतनको ब्यबस्था गरेको भएपनि यहाँ कानुनले तोकिएको समय भन्दा बढी समय पुगेका भ्रुणको लिङ्ग पहिचान गरेर हत्या हुने गरेको धनगढी उप–महानगरपालीका स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर खगेन्द्र बमले बताए । उनले भने,‘यसका लागि जनचेतना बढाउनु आवश्यक छ ।’ कार्यक्रमको सहायक महिला विकास निरिक्षक तेजु जोशीले सहजीकरण गरेकि थिईन ।













