प्रदेशको नं. ७ अब सुदूरपश्चिम

धनगढी, ९ असोज । प्रदेश नम्बर ७ को नाम आबदेखि ‘सुदूरपश्चिम’ राख्न बहुमत सुझाव आएको छ ।

विशेष समितिले लिएको सुझाव अनुसार बहुमतले प्रस्ताव गरेको उक्त नामलाई आज बसेको संसद् बैठकमा पेश गरिएको छ । समितिको प्रतिवेदनमा राजधानीको नाम सुदूरपश्चिम रहने निष्कर्ष निकालिएको छ । प्रदेश नम्बर ७ यसअघि पनि सुदूरपश्चिमकै नामले चिनिएको थियो ।

यसैगरी, प्रदेश राजधानी गोदावरी नगरपालिका वडा ४ तेघरीमा आर्मी व्यारेक आसपासमा रहने समितिले सिफारिस गरेको छ ।