होटल ब्यावसायीद्धारा बजार अनुगमनको माग
धनगढी ,८ असोज । धनगढी उप–महानगरपालीका र धनगढीका होटलब्यावसायी बिच बजार अनुगमन गर्ने बिषयमा छलफल भएको छ ।
धनगढी उप–महानगरपालीका प्रमुख र होटल ब्यावसायीसंघ कैलालीले सोमबार सो विषयमा छलफल गरेका हुन । बजार अनुगमन, होटल ब्यावसायीका समस्या र समन्वयकाबारेमा छलफल भएको धनगढी नगर प्रमुख नृपबहादुर वडले बताए ।
उनले भने, ‘हामीले बजार अनुगमन गर्न आवश्यक कानुन तथा निर्देशिका तयार गरिसकेका छौ अवश्यक कार्यान्वयन गर्ने बारेमा राम्रो छलफल भयो । अहिले बजारको अनुगमन गर्ने अधिकार स्थानीय सरकारलाई छ । यसलाई नियमित र ब्यबस्थीत गर्ने बारेमा निर्णय भएको छ ।’
होटल ब्यावसायी संघ कैलालीका अध्यक्ष कलम बमले होटल ब्यावसायीका समस्या र स्थानीय सरकारसंग समन्वय गरेर जाने बताए ।













